हसियाले प्रहार गरि सालोको हत्या गर्ने ढुङ्गाना पक्राउ
- मंसिर २२, २०७९
- 0
सालोको हत्या गरेर फरार भएका कैलालीको जोशीपुर नगरपालिका–६ का ५० वर्षीय गौरीलाल ढुङ्गानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आपसी विवादमा उनले जोशीपुर–६ कै आफ्ना साला द्वय पदमराज र जयराज भण्डारीलाई हसियाले प्रहार गरेका थिए । उनको प्रहारबाट पदमराजको उपचारको क्रममा ज्यान गएको थियो । जयराजको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
आफन्तको हत्यापछि फरार ढुङ्गाना गए राति एक बजे आफै बौनियास्थित इलाका प्रहरी कार्यालय सडकपुरको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ । उनलाई इलाका प्रहरी कार्यालय सुखडमा हिरासतमा राखिएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







