कार्यालयको फोहर आफै व्यवस्थापन गर्न महानगरको आग्रह
- मंसिर २१, २०७९
- 0
काठमाडौं महानगरपालिकाले कार्यालय परिसर सफा नराखे कारबाही गर्ने चेतावनी दिएको छ।
महानगरपालिकाभित्र रहेका सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, विभिन्न प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था, गैह्रसरकारी संस्था, कम्पनी तथा अन्य प्रकृतिका निजी कार्यालयको परिसरलाई नियमित सरसफाइ गर्न महानगरले निर्देशन दिएको हो।
कार्यालय परिसरमा रहेका छरपस्ट पुराना उपकरण तथा अन्य प्रकृतिका फोहर मैलाले सिंगो सहरको सुन्दरतामा नै ह्रास आएको भन्दै महानगरले कारबाही गर्ने चेतावनी दिएको हो। सबै सरकारी तथा निजी कार्यालयहरूले आफ्नो परिसरको फोहर ३५ दिनभित्र आफैँ व्यवस्थापन गरी सहरलाई सफा राख्न भनेको हो।
फोहर नफ्याके त्यस्ता कार्यालयको नामसमेत सार्वजनिक गरिने महानगरको चेतावनी छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]








