दोलखाको गणना अन्तिम चरणमा, माओवादी केन्द्रका उम्मेदवार कार्की ११९५ मतले अघि

news-details

दोलखा प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी पछिल्लो मत गणनाअनुसार नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गंगा कार्कीले आफ्नो प्रतिस्पर्धीलाई ११९५ मतले पछाडि पारेका छन ।

पछिल्लो परिणामअनुसार कार्कीले प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार बालकृष्ण सिवाकोटीभन्दा ११९५ मतले अघि भएका हुन । कार्कीले ३५ हजार ७९० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सिवाकोटीले ३४ हजार ५९५ मत प्राप्त गरेका छन । पछिल्लो भुषाफेदाको मत गणना गर्दा यो अन्तर देखिएको हो ।

अब शैलुङ गाउँपालिका १ दुधपोखरी र मेलुङ गाउँपालिका १ पवटीको मत परिणाम आउन बाँकी छ । सम्भवतः डेढ घण्टामा अन्तिम परिणाम आइसक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया