गोकुल बास्कोटाको घर अघि भेटिएको शंकास्पद वस्तु सेनाद्धारा निस्कृय
- मंसिर १८, २०७९
- 0
नेकपा एमालेका नेता गोकुल बास्कोटाको घर अगाडि फेला परेको शंकास्पद वस्तु निस्कृय बनाइएको छ।
भक्तपुरको लोकन्थलीमा रहेको बास्कोटाको घर अगाडि प्लास्टिकभित्र राखेको अवस्थामा शंकास्पद वस्तु फेला परेको थियो।
घरअगाडि प्लास्टिकभित्र रहेको शंकास्पद प्रेसर कुकरलाई नेपाली सेनाको टोलीले निस्कृय बनाएको हो।
आज बिहान बास्कोटाको घर अगाडि शंकास्पद बस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
घटनास्थलमा बिहानैदेखि प्रहरी परिचालन गरिएको थियो। नेपाली सेना घटनास्थल पुगेर शंकास्पद वस्तु निस्कृय बनाएको हो। उक्त शंकास्पद वस्तु बम नरहेको सेनाको भनाइ छ।
२०७६ फागुनमा पनि गोकुलको घर अघि बिस्फोट भएको थियो।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







