धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुदा पाँचजनाको मृत्यु, ९ घाइते
- मंसिर १७, २०७९
- 0
धनुषामा जन्ती बोकेको बा १ ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ। ९ जना घाइते भएका छन् ।
दुर्घटना हुँदा तीन महिला, एक पुरुष र एक बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी दीपक रायले जानकारी दिए।
सुनसरीको इटहरीबाट जन्तीलिएर महोत्तरीको पिपरा गाउँपालिका जाँदै गरेको बा १ ज ८२९३ नम्बरको वंगर जीप शनिबार बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्गको वीरेन्द्रबजारमा दुर्घटना भएको हो।
घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल लगिएको डीएसपी रायले जानकारी दिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







