थापाथली सुकुम्बासी बस्तीमा डोजर चलाउन अवरोध
- मंसिर १२, २०७९
- 0
काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउने काममा सुकुम्बासीहरुले अवरोध गरेका छन् । अनधिकृत रुपमा बनाइएका भौतिक संरचनाहरु हटाउने अभियान अन्तर्गत काठमाडौं महानगरपालिकाले सोमबार दिउँसोबाट सो बस्तीमा डोजर चलाउन सुरु गरेको छ ।
बस्तीमा सुकुम्बासीहरुले डोजर चलाउने काममा अवरोध गर्दै काठमाडौं महानगरपालिका विरुद्ध चर्का नाराबाजीसहित टायर बालेर प्रदर्शन गरेका छन् । अहिले पनि त्यस क्षेत्रमा तनाव कायमै छ । स्थानीयले प्रतिकार गर्न प्रदर्शनलाई निरन्तरता दिएका हुन् ।
काठमाडौं महानगरपालिकाले यसअघि नै ३५ दिने सूचना जारी गर्दै सो बस्तीमा बनाइएको टहरा हटाउन निर्देशन दिएको थियो । प्रदर्शनकारीहरुले विकल्प नदिई आफूहरु सो बस्तीबाट नहट्ने अडान गरेका छन् । डोजर चलाउने डरले सुकुम्बासीले घरको सामान पनि बाहिर निकालेका छन् । अनधिकृत रुपले नदी किनारमा बनाइएका छाप्रो हटाइछाड्ने महानगरपालिकाले जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







