मतगणना सुरू नभएका क्षेत्रमा निर्वाचन आयोगले पठायो प्रतिनिधि
- मंसिर ९, २०७९
- 0
मतदान भई मतगणना सुरू हुन नसकेका क्षेत्रमा निर्वाचन आयोगले प्रतिनिधि पठाएको छ।
दोलखा, स्याङ्जा २ र बाजुरामा आयोगबाट प्रतिनिधि गएका छन्।
नेकपा एमालेले निर्वाचन धाँधली भएको भन्दै उजुरी दिएकोले यी क्षेत्रमा मतगणना सुरू भएका छैनन्।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले मतगणना सुरू नै नभएका क्षेत्रमा सत्यतथ्य बुझ्न आयोगले प्रतिनिधि पठाएको बताए।
‘आयोगबाट गएका प्रतिनिधिले दिएको रिपोर्टपछि ती क्षेत्रमा के गर्ने भन्ने आयोगले निर्णय गर्छ,’ उनले भने। आयोगका प्रतिनिधिहरू जिल्लाहरूमा पुगेर चुनावका दिन के भएका थिए भन्नेबारे बुझ्दैछन्।
आयोगका अनुसार मतदान नै स्थगित भएको बाजुरामा भने शनिबार मतदानका लागि समय दिइएको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







