मुस्ताङबाट कांग्रेसले खाता खोल्यो, २९ वर्षीय गौचन सांसद निर्वाचित
- मंसिर ५, २०७९
- 0
प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले मुस्ताङबाट खाता खोलेको छ ।
मुस्ताङमा कांग्रेसका २९ वर्षीय योगेश गौचन थकाली निर्वाचित भएको जिल्ला निर्वाचन अधिकारी मदन अर्यालले जानकारी दिए ।
प्रतिनिधिसभामा निर्वाचित गौचनले ३ हजार ९९२ मत प्राप्त गरे भने एमालेका प्रेम तुलाचनले ३ हजार ७८ मत प्राप्त गरे ।
योगेश कांग्रेसका जिल्ला सभापति एवम् पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुन ।
प्रतिनिधिसभा सकिएसँगै अब प्रदेश सभा प्रत्यक्षतर्फको मतगणना सुरु हुने अर्यालले बताए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







