पर्सामा १५ हजार नक्कली मतपत्रसहित एक भारतीय नागरिक पक्राउ
- कार्तिक ३०, २०७९
- 0
भारतबाट नक्कली मतपत्र भित्र्याउन लागेका एक भारतीय नागरिकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
पर्साको सिमावर्ती गाउँ जानकीटोला नाकाबाट मोटरसाइकलमा भित्र्याउन लागेको नक्कली मतपत्रसहित भारतीय नागरिक पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य नरकटिया ग्राम पन्चायत १४ का अन्दाजी ४० वर्षिय इजाजत अहमद रहेका छन् ।
बीआर २२ डब्लु ८००२ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नमूना मतपत्र बोकेर आउने क्रममा अहमदलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक गिरीले जानकारी दिए । उनका अनुसार अहमदको साथबाट १५ हजार थान मतपत्र बरामद भएको छ ।
भारतमा छापिएको नमूना मतपत्र नेपाल भित्र्याउनु गैरकानूनी रहेकाले मतपत्रसहित अहमदलाई पक्राउ गरेको डिएसपी गिरीले बताए ।
कुन दल वा कुन उम्मेदवारको लागि अहमदले त्यति धेरै मतपत्र भारतबाट ल्याएको विषयमा अनुसन्धान जारी रहेको उनको भनाइ छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







