पूर्वविशिष्टलाई दिएको सुविधा विवरण सर्वोच्चद्वारा माग
- कार्तिक २२, २०७९
- 0
सर्वोच्च अदालतले सार्वजनिक पदबाट अवकाशप्राप्त व्यक्तिलाई सङ्घ र प्रदेश सरकारले दिएको सुविधासम्बन्धी विवरण माग गरेको छ ।
उक्त सुविधा दिन लिइएका कानुनी आधारसमेत पेस गर्न अदालतले सङ्घीय सरकार र प्रदेश सरकारका नाममा आदेश गरेको हो ।
सर्वोच्चले यसअघि २०६८ सालमा सार्वजनिक पदमा रहेर अवकाश पाएका तथा पूर्वविशिष्टहरूलाई दिने सुविधा कानुन बनाउन जारी निर्देशनात्मक आदेश कार्यान्वयनबारे पनि प्रतिवेदन माग गरेको छ ।
न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र प्रदेश सरकारबाट त्यस्ता विवरण र सुविधा दिनुको कानुनी आधार माग गरेको हो ।
सर्वोच्चले पूर्वविशिष्टलाई कानुन बनाएर सुविधा दिन यसअघि आदेश गरे पनि सरकारले कानुनविहीन रूपमा सुविधा दिइरहेको भन्दै अधिवक्ता रामचन्द्र पौडेलले दायर गरेको रिटमा अदालतले यस्तो आदेश गरेको हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







