प्रचण्डपत्नी सिताको स्वास्थ्य अवस्था जटिल, भेन्टिलेटरमा उपचार हुँदै
- कार्तिक २१, २०७९
- 0
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सिता दाहालको स्वास्थ्यस्थिति जटिल बनेको छ ।
केही दिन अघि स्वास्थ्यमा सुधार भएर अस्पतालबाट घर लगिएकी दाहालको अवस्था पुन जटिल बनेको हो ।
सितालाई पुन अस्पताल भर्ना गरिएको प्रचण्डको सचिवालयले जनाएको छ ।
शनिबार दाहाललाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । अहिले उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको जनाइएको छ ।
सिता दाहाल लामो समयदेखि जटिल प्रकारको रोगसँग लडिरहेकी छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







