प्रधानमन्त्री देउवा गृहजिल्लामा : आज दुई चुनावी सभालाई सम्बोधन गर्ने

news-details

चुनाव प्रचारका लागि गृह जिल्ला डडेल्धुरामा रहेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शनिबार दुई वटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

उनले शनिबार बिहान साढे ११ बजे अजयमेरु गाउँपालिका भद्रपुर र दिउँसो साढे २ बजे भागेश्वार गाउँपालिका रुपालको चुनावी सभालाई सम्बोधन गर्दै छन ।

सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि माहोल तयार पार्न प्रधानमन्त्री देउवा बिहीबारदेखि डडेल्धुरामा छन ।

उनले बिहीबार अमरगढी तथा शुक्रबार नवदुर्गा गाउँपालिकाको बेलापुर खुनी र गन्यापधुरा गाउँपालिका–२ बडालको चुनावी सभालाई सम्बोधन गरिसकेका छन ।

संयुक्त वाम–लोकतान्त्रिक गठबन्धनका चुनावी संयोजक एवं कांग्रेस डडेलधुराका सभापति भीमबहादुर साउदका अनुसार प्रधानमन्त्री देउवाले भोलि आइतबारआलिताल गाउँपालिकाको गोदाम र परशुराम नगरपालिकाको जोगबुढामा गठबन्धनले आयोजना गर्ने चुनावीसभालाई सम्बोधन गर्नेछन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया