सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’मा

news-details

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज ९बिहीबार० पनि ‘हेर्दाहेर्दै’मा राखिएको छ ।

आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सन्दीपविरुद्धको मुद्दाको बहस नसकिएपछि शुक्रबारको लागि ‘हेर्दाहेर्दै’मा राखेको हो । सन्दीपविरुद्धको मुद्दामा बुधबारबाट जारी थुनछेक बहस सुरु भएको हो

सन्दीपमाथि भदौ ५ मा काठमाडौंको एक होटेलमा लगेर एक १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोग छ । पीडित किशोरीले आफूमाथि जबरजस्ती करणी भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

जाहेरीका आधारमा सन्दीपमाथि प्रहरीले २४ दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो । अनुसन्धानपछि प्रहरीले कात्तिक १४ गते सोमबार काठमाडौं अदालतमा सन्दीपविरुद्ध जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया