नेकपा एमालेको चुनावी घोषणापत्र सार्वजनिक (पूर्ण पाठसहित)

news-details

नेकपा (एमाले) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मङ्गलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन ।

घोषणापत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालस् सुखी नेपाली’को राष्ट्रिय सङ्कल्पलाई निरन्तरता दिइएको छ ।  घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ ।

घोषणापत्रमा सूर्य चिह्नमा किन मतदान गर्ने भन्ने कुरालाई प्रस्ट्याउने प्रयास गरिएको बताइएको छ । अहिले अध्यक्ष ओलीले घोषणा पत्रको मुख्य मुख्य अंशबारे व्याख्या गरिरहेका छन । घोषणापत्र सार्वजनिक भएसँगै ‘ओलीसँग लाइभ डिबेट’ सुरु भएको छ ।

सत्तारुढ गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)ले संविधानको रक्षालाई मूल नारा बनाएर यस अघि नै चुनावी घोषणा पत्र सार्वजनिक गरिसकेका छन् ।

हेर्नुहोस् एमालेको घोषणापत्र :

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया