रातिको मौका छोपी फोहोर फाल्नेमाथि महानगरको कारबाही, चार लाख जरिवाना असुल
- कार्तिक ७, २०७९
- 0
काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा अनधिकृत रूपमा फोहोर फाल्नेमाथि कारबाही अगाडि बढाएको छ । महानगरले अनुगमनका लागि नगर प्रहरी र कर्मचारीको टोली पनि खटाएको छ ।
महानगरपालिकाका, नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टका अनुसार रातिको मौका छोपी सडकका चोक र गल्लीमा फोहोर फाल्ने २० जनामाथि कारबाही गरिएको छ । फोहोरको मात्रा र प्रकृतिअनुसार कम्तीमा १ हजारदेखि बढीमा २५ हजार रुपैयाँसम्म जरिवाना रकम तोक्ने गरिएको छ ।
महानगरले फोहोर फाल्नेमाथि जरिवाना गरेर मात्र ४ लाख ५ सय रुपैयाँ जरिवाना रकम सङ्कलन गरेको छ । वातावरण तथा कृषि विभागले गरेको अनुगमनका क्रममा साउन महिनामा १ लाख ५२ हजार ५ सय रुपैयाँ, भदौ महिनामा ९९ हजार ५ सय रुपैयाँ र असोज महिनामा १ लाख ४८ हजार ५ सय रुपैयाँ सङ्कलन भएको भट्टले जानकारी दिए । –न्युज कारखाना
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







