निर्वाचन कसुर गरेको आरोप लगाउँदै माधव नेपाललाई कारबाही गर्न निर्वाचन आयोगको निर्देशन
- कार्तिक ३, २०७९
- 0
निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी पार्टी)का अध्यक्ष माधवकुमार नेपाललाई कारबाही गर्न निर्देशन दिएको छ ।
नेपालले निर्वाचन प्रभावित पार्ने गरि निर्वाचन कसुर गरेको आरोप लगाउँदै आयोगले बिहीबार अध्यक्ष नेपाललाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको हो ।
आयोगले निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ अनुसार कारवाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्देशन दिएको हो ।
नेता नेपालले रौतहटमा मतदातालाई फ्रि भिसा फ्रि टिकटमा वैदेशिक रोजगारीमा पठाउने भन्दै प्रलोभन देखाउँदै भोट मागेका थिए ।
नेपालले सार्वजनिक रुपमै फ्रि भिसा फ्रि टिकटको प्रलोभन देखाएको भिडियोसमेत आयोगलाई प्राप्त भएको आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]








