शताब्दी पुरुष जोशीको निधनमा सरकारले सार्वजनिक बिदा दिने

news-details

सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा राष्ट्रिय शोक मनाउने भएको छ ।

जोशीको निधनप्रति शोक व्यक्त गर्दै एक दिन सरकारले सार्वजनिक बिदा दिने संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बताए ।

श्रद्धाञ्जली दिन ललितपुर पुगेका मन्त्री श्रेष्ठले सो जानकारी दिएका हुन् ।

शताब्दी पुरुष जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो ।

पिसाब सङ्क्रमण, छाती तथा मुटुको समस्याबाट पीडित उहाँ पछिल्लो समय डेङ्गुबाट समेत सङ्क्रमित भई असोज ७ गते अस्पतालमा भर्ना भई उपचाररत थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया