युकेको लाहुरे हुँ भन्दै धादिङमा पैसा ठगी
- अशोज ३०, २०७९
- 0
सदरमुकाम धादिङबेँसीस्थित एक होटल सञ्चालक दिनदहाडै अपरिचित व्यक्तिबाट ठगिएका छन । पोखरा घर भएको बताउने सिङ्गापुरे आर्मीको क्याप्टेन हुँ भन्दै खाजा खान आएका अपरिचित व्यक्तिले होटल सञ्चालकसँग उल्टै पैसा मागेर भागेका हुन् ।
महँगा सामान भएको झोला ‘होटलमै राखिदिनुस्, एकछिन बजार घुमेर आउँछु’, भनेर होटल सञ्चालक सेती गुरुङसँग रु ११ हजार नगद लिएर गायब भएको होटल सञ्चालक सीता गुरुङले बताइन ।
शुक्रबार ती व्यक्तिले छोडेको झोला हिजो दिउँसो खोलेर हेर्दा कागजको पोका, सुन जस्तो देखिने नक्कली सिक्री र एउटा तन्ना भेटिएको छ । सुनौला बजारका एक जना साथीले आफूलाई युकेबाट सामान पठाएको र त्यो सामान अहिले पुर्याइदिन जान लागेको तर आफूसँग पैसा नभएकाले सामान यही होटलमा राख्छु पैसा सापटी दिनुहोस् भन्दै रु ११ हजार लिएर गएको होटल सञ्चालक गुरुङले जानकारी दिइन । सुन, डलर पैसालगायत जिन्सी सामान राख्दिनु अहिले एकछिनमा आउँछु भनेर गएका ती व्यक्ति फर्किएर नआएको उनको भनाइ छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







