कांग्रेसको घोषणापत्र- संविधानको रक्षा पहिलो प्रतिबद्धता

news-details

सत्तारुढ दल नेपाली कांग्रेसको शुक्रबारको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा आगामी निर्वाचनको घोषणापत्रलाई अन्तिम रूप दिने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित घोषणापत्र तयारी समितिका सदस्य एवम् पदाधिकारी, पूर्व पदाधिकारीबीच शुक्रबार केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा बसेको बैठकमा सो छलफल भएको सह महामन्त्री जीवन परियारले जानकारी दिए ।

बैठकमा सभापति देउवासहित १२ जना पदाधिकारी, पूर्व पदाधिकारी र केन्द्रीय सदस्यबाट महत्त्वपूर्ण सुझावहरू सङ्कलन भएको परियारले बताए । उनका अनुसार यसलाई छिटोभन्दा छिटो अन्तिम रूप दिइने छ । मूलतः २०७४ को निर्वाचनपछि नेकपा नेतृत्वको सरकारमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारको शासनविरुद्धमा र २०७२ सालमा जारी संविधानको रक्षा गर्ने पहिलो प्रतिबद्धता घोषणापत्रमा उल्लेख भएको उनको भनाइ छ ।

बैठकमा घोषणापत्र तयारी समितिका संयोजक महामन्त्री विश्वप्रकाश शर्मा र उपसमितिका संयोजक स्वर्णिम वाग्लेले बैठकमा घोषणापत्रका विषयहरू प्रस्तुत गरेका थिए ।

महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा कांग्रेसले जसमा ४१ सदस्य घोषणापत्र तयारी समिति गठन गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया