मधेस प्रदेशका तीन मन्त्री हटाइए

news-details

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गरेका छन ।

राउतले भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहलाई हटाएका हुन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीलाई हटाएपछि मधेस सरकारले पनि मन्त्री हटाएको हो । प्रदेश प्रमुख हरिशंकर मिश्रले तीनवटै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री राउतलाई दिएका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया