धवलागिरिमा फसेका १४ जनाको उद्धार
- अशोज २६, २०७९
- 0
प्रतिकूल मौसमका कारण धवलागिरि बेस क्याम्पमा फसेका १४ जनाको उद्धार गरिएको छ ।
पर्यटक गाइड, खच्चड चालक र भरियालाई हेलिकोप्टरबाट उद्धार गरिएको हो । ५ जना शेर्पा गाइडलाई पोखरा पुर्याइएको छ । मुस्ताङ मार्फाका खच्चड चालक माइकल परियार, किरण परियार, भरियाहरू सन्तोष तामाङ र धनराज तामाङलाई ताकमको हिलापोखरीमा ओरालिएको छ ।
मार्फाकै बुद्धि, कुमार, प्रकाश, वीरबहादुर र सुकलाल परियारलाई भने इटली क्याम्प रहेको ताकममा ओरालिएको माइकलले जानकारी दिए । धवलागिरि बेस क्याम्पमा अझै २ जना गाइड छन् ।
हिमाली क्षेत्रमा लगातार हिमपात भएपछि त्यहाँ पुगेका पर्यटक, सहयोगी र मजदुर हिउँमा फसेका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







