देशभर सुरु भयो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता

news-details

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता सुरु भएको छ ।

बिहान १० बजेदेखि सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन सुरु भएको हो ।

उम्मेदवार आफै वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

समानुपातिक तर्फको निर्वाचन प्रणालीको प्रक्रिया यसअघि नै सुरु भइसके पनि प्रत्यक्ष रुपमा निर्वाचित हुने अर्थात् पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम आज तोकिएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया