एमालेको सचिवालय बैठक आज बस्दै, यस्ता छन् एजेण्डा
- अशोज १३, २०७९
- 0
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।
आज बिहीबार अपरान्ह ३ बजे बालकोटमा बस्ने बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लाग्ने बताइएको छ ।
असोज २३ गते प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको उमेदवारी दर्ता गर्नुपर्ने हुँदा आजको एमालेको बैठकमा तल्ला तहहरुबाट सिफारिस भएर आएका नामहरुबारे छलफल हुने र उम्मेदवारको टुंगो लाग्ने बताइएको छ ।
यसैगरी, बैठकमा विभिन्न दलहरुसँग चुनावी तालमेल गर्ने-नगर्ने बारे पनि छलफल गरिने जनाइएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







