निर्वाचन व्यवस्थापन प्रशिक्षण आजबाट, १६५ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने
- अशोज १२, २०७९
- 0
निर्वाचन अयोगले आज (बुधबार) बाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन व्यवस्थापन प्रशिक्षण सुरु गरेको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ सञ्चालन तथा व्यवस्थापनका आयोगले मुख्य निर्वाचन अधिकृत ७७, निर्वाचन अधिकृत ८८ र निर्वाचन अधिकारी ७७ समेतको निर्वाचन व्यवस्थापन प्रशिक्षण आजदेखि प्रारम्भ गरेको हो ।
आज नेपालगन्ज, ललितपुर, चितवन, बुटवल र विराटनगरमा निर्वाचन व्यवस्थापन प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपालगन्जमा र निर्वाचन आयुक्त डा जानकी कुमारी तुलाधरले चितवनमा निर्वाचन व्यवस्थापनको प्रशिक्षण दिएका छन ।
मङ्सिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ । निर्वाचन सम्पन्न गर्नका लागि आयोगले असोज १५ देखि २० गतेसम्ममा १६५ वटै निर्वाचन अधिकृत कार्यालय स्थापना गराइसक्ने छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







