मनास्लु आधारशिविरमा हिमपहिरो, हेलिकप्टरबाट उद्धारको तयारी

news-details

मनास्लु हिमालको तेस्रो र चौथो क्याम्पको बीचमा हिमपहिरो गएको छ।

हिमपहिरोमा परी केही व्यक्ति घाइते भएको भनिए पनि विस्तृत विवरण प्राप्त नभएको पर्यटन विभाग पर्वतारोहण शाखाका निर्देशक युवराज खतिवडाले जानकारी दिए।

हिमपहिरो गएको पुष्टि गरे पनि अहिले त्यहाँ रहेका व्यक्तिसँग सम्पर्क हुन नसकेको उनको भनाई छ।

हिमपहिरोका कारण फसेका आरोहीको उद्धारका लागि काठमाडौंबाट कैलाश एयरको हेलिकप्टर सामागाउँ पुगेको छ।

सामागाउँ उत्तरी गोरखाको अन्तिम गाउँ हो। अहिले मनास्लु आधार शिविरको मौसम सफा नभएकाले तत्काल घटनास्थलमा पुग्न नसकिए पनि उद्धारका लाई हेलिकप्टर तथा उद्धारकर्मीहरु स्ट्याण्ड बाइ अवस्थामा राखिएको खतिवडाले बताए।

यसपटक शरद यामका लागि १५ वटा हिमाल आरोहण गर्न गत शुक्रबारसम्म पर्यटन विभागले ५ सय ५ जना विदेशीलाई अनुमति दिएको छ। ५८ वटा आरोहण दलमा १ नेपालीसहित ५ सय ६ जनालाई अनुमति दिएको छ।

यसपटक सबैभन्दा धेरै गोरखाको मनास्लु हिमाल चढ्न ३८ वटा आरोहण दललाई अनुमति दिइएको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया