रक्तअभाव हुन नदिन लायन्स क्लबहरुको निरन्तर रक्तदान कार्यक्रम

news-details

हालै काठमाडौं उपत्यका लगायत देशैभर बढ्दो डेंगु संक्रमणका कारण रक्तअभाव भईरहेको अवस्थामा लायन्स अन्तर्गतका क्लबहरुले विभिन्न संघ संस्थाहरुसँग सहकार्य गरी देशका विभिन्न ठाउँमा रक्तदान कार्यक्रम आयोजना गरिरहेका छन् ।
अहिले काठमाडौं लगायत देशैभरका अस्पतालहरुमा डेंगु संक्रमणका कारण बिरामीको चाँप बढ्दै गएको हुनाले रक्तअभावका कारण कसैको पनि ज्यान नजाओस् भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रम आयोजना गरेको नेपाल स्वयंमसेवी रक्तदाता समाज न्युरोड समितिका अध्यक्ष लायन केदारप्रसाद न्यौपानेले जानकारी दिए ।

त्यसैबिच गत शनिबार लायन्स क्लब अफ काठमाडौं तारकेश्वर लगायत विभिन्न लायन्सका क्लबहरु साथै कस्मिरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा निवर्तमान काउन्सिल चेयर पर्सन मनबहादुर रोका, लायन पार्वति खरेल पाण्डे, प्रो इन चिफ सुर्यकुमार केसी, एलसीआइएफ ड्रिष्ट्रिक कोर्डिनेटर राजु चालिसे, ड्रिष्ट्रिक कोर्डिनेटर लायन जनार्दन फूँयाल, अतिरिक्त ड्रिष्ट्रिक क्याबिनेट सेक्रेटरी पंकज जलान लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रममा ७१ पिन्ट रगत संकलन भएको जानकारी दिदै आयोजक समितिले रगत संकलनका लागि सहयोग गर्न कान्तिपुर रक्तसंचारबाट प्राविधिक टोलि पठाई सहयोग पु¥याएको समेत जानकारी दिए ।

सम्पुर्ण रक्तदाता तथा आयोजक समितिलाई धन्यवाद दिदै ड्रिष्ट्रिक ब्लड डोनेशन चिफ लायन हेमराज बराल र ड्रिष्ट्रिक ब्लड डोनेशन तथा नेपाल स्वयंमसेवी रक्तदाता समाज न्युरोड समितिका अध्यक्ष लायन केदारप्रसाद न्यौपानेले आगामी दिनहरुमा पनि क्लबहरुले यस्तै सामाजिक काम गर्दै जान आग्रह गरे ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया