आजदेखि मध्यम तथा लामो दुरीमा चल्ने सवारी साधनको यान्त्रिक परीक्षण हुने
- अशोज ९, २०७९
- 0
आजदेखि मध्यम तथा लामो दुरीमा चल्ने सवारी साधनको यान्त्रिक परीक्षण गरिने भएको छ।
पुराना तथा थोत्रा गाडीका कारण दुर्घटना बढेको भन्दै सरकारले चाडबाडमा दुर्घटना नियन्त्रण गर्न यस्तो व्यवस्था गरेको हो।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार यातायात व्यवस्था विभागबाट आजदेखि मध्यम तथा लामो दूरीमा चल्ने सवारीसाधनको आधिकारिक बिक्रेता, ट्राफिक प्रहरी र यातायात व्यवसायीको समन्वयमा काठमाडौं उपत्यकाका मुख्य–मुख्य स्थानमा यान्त्रिक परीक्षण गर्ने व्यवस्था मिलाइने छ।
सवारी दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि आवश्यक निर्देशनसमेत दिने गरी बनेको समितिको हिजोको बैठकले दुर्घटना रोक्न सवारी साधनमा टाइम कार्ड लागू गर्नेसहितका विभिन्न १४ निर्णय गरेको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







