आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै
- अशोज ९, २०७९
- 0
निर्वाचन आयोगले राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग आज आइतबार छलफल गर्दैछ ।
प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग चुनाव लक्षित छलफल गर्न लागिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्माले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन सम्बन्धमा दलहरूसँग अन्तरक्रिया गरिने जानकारी दिए ।
छलफलमा प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख र पदाधिकारीलाई निमन्त्रणा गरिएको छ ।
आयोगले केही दिनभित्रै निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ । त्यसअघि दलहरूको प्रतिवद्धता लिन आयोगले छलफल गर्न लागेको हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







