साइनबोर्डको शुल्क बुझाउन काठमाडौं महानगरको अल्टिमेटम
- अशोज ७, २०७९
- 0
काठमाडौं महानगरपालिकाले विभिन्न ब्यापारिक प्रतिष्ठान, ब्यक्ति वा संस्थाले आफ्ना कार्यस्थल बाहिर राखेका साइनबोर्डको शुल्क एक महिनाभित्र बुझाउन आग्रह गरेको छ ।
ब्यापारिक प्रतिष्ठान, ब्यवसाय, व्यक्ति वा संघसंस्थाको परिचय खुल्ने साइनबोर्ड राख्नेहरुले तीस दिनभित्र महानगरलाई शुल्क तिनुपर्ने छ ।
महानगरले आज शुक्रबार सार्वजनिक सूचना निकाल्दै अबको ३० दिनभित्र वडा कार्यालयमा साइनबोर्ड बापतको शुल्क तिर्न भनेको हो ।
छ वर्गफूटको एउटा साइनबोर्डको पाँच सय, १५ वर्गफुटको भए १५ सय तथा १५ वर्गफुटदेखि ३० वर्गफुटसमम्मको साइनबोर्ड भए प्रति वर्गफुट एक हजारका दरले शुल्क बुझाउन भनिएको छ ।
३० वर्गफुट भन्दा ठूलो साइनबोर्ड भने लगाउन नपाइने पनि महानगरले जनाएको छ ।
एक महिनाभित्र शुल्क नबुझाए वा तोकिएकोभन्दा ठूलो साइनबोर्ड राखेको पाइएमा त्यस्ता साइनबोर्ड महानगरपालिकाले तत्काल हटाउने चेतावनीसमेत दिइएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]








