मकवानपुरको भीमफेदीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु
- अशोज ६, २०७९
- 0
मकवानपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
बिहीबार दिउँसो काठमाडौंबाट हेटौंडा आउँदै गरेको बस भीमफेदी गाउँपालिकास्थित जुरीखेतमा दुर्घटना हुँदा बसमा सवार ६ जनाको मृत्यु हो।
मकवानपुरका प्रहरी प्रमुख वामदेव गौतमका अनुसार ना ३ ख ७८५८ नम्वरको बस दुर्घटनामा परेको हो। बसमा अन्दाजी २८ जना सवार रहेको उनको भनाई छ। छ जनाको मृत्यु भएको जानकारी आए पिन थप विवरण आउन बाँकी रहेको गौतमले बताए।
अहिले घाइतेहरुको उद्वार गरी उपचारका लागि भीमफेदी, हेटौंडा र काठमाडौं पठाइएको उनले बताए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







