अवैध संरचना हटाउन ललितपुर महानगरको ३५ दिने अल्टिमेटम
- अशोज ५, २०७९
- 0
ललितपुर महानगरपालिकाले अवैध संरचना हटाउन निर्देशन दिएको छ।
महानगरपालिकाले ३५ दिने सार्वजनिक सूचना प्रकाशन गर्दै सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना हटाउन निर्देशन दिएको हो।
ललितपुर महानगरपालिका क्षेत्रभित्र नक्सा स्वीकृत बिना, मापदण्ड विपरित निर्माण भएका संरचनाहरु, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरि निर्माण भएका स्लोप, टप, रयाम्प, सिँढी लगायतका संरचना हटाउन सूचनामा भनिएको छ।
त्यस्तै नक्शा स्वीकृत गर्दा पार्किङ प्रयोजनमा स्वीकृती लिएर अन्य प्रयोजनमा प्रयोग भएका संरचनाहरू लगायत सार्वजनिक जग्गा अतिक्रमण गरि निर्माण गरेका संरचना तोकिएको समयावधिभित्र सुधार गर्न वा हटाउन पनि सूचित गरिएको छ।
तोकिएको समयभित्र सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना नहटाएर महानगर आफैँले हटाउने चेतावनी दिइएको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







