आज समानुपातिकतर्फको बन्दसूची बुझाउने अन्तिम दिन
- अशोज ३, २०७९
- 0
आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दलहरुले आज निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्दसूची बुझाउँदैछन्।
आयोगले बन्द सूची बुझाउन हिजो र आज गरी दुई दिनको समय दिए पनि अधिकांश दलहरुले आज मात्रै आयोगमा बन्दी सूची बुझाउने तयारी गरेका छन्।
निर्वाचन कार्यक्रम अनुसार असोज ४ देखि ९ गतेसम्म आयोगले दलहरुले बुझाएको बन्दसूची छानबिन गरी आवश्यकताअनुसार सच्याउन दलहरुलाई सूचित गर्ने, १० देखि १६ गतेसम्म उम्मेदवारहरुको बन्द सूची संशोधन गरी पेश गर्ने, १७ गते बन्द सूचीमा रहेका उम्मेदवारहरुले चाहेमा नाम फिर्ता लिने र दललाई जानकारी दिने तालिका छ।
यस्तै असोज २० देखि २२ गतेसम्म नाम फिर्ता लिएर रिक्त भएको ठाउँमा अर्को नाम पेश गर्ने र २२ गते नै उम्मेदवारको बन्दसूचीको सूचना प्रकाशन गर्ने निर्वाचन कार्यक्रम छ।
आयोगले तयार गरेको कार्यतालिका अनुसार असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुनेछ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







