सुशील कोइरालालाई मरणोपरान्त नेपाल रत्नः आश्रित, रेग्मी र जोशीलाई राष्ट्र गौरव पदक

संविधान दिवसको अवसरमा ९९८ जनालाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा
news-details

राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई नेपाल रत्नबाट विभूषित गर्ने घोषणा गरेकी छिन ।

कोइराला नेपालको संविधान जारी गर्दा देशको प्रधानमन्त्री थिए । उनकै नेतृत्वमा संविधान जारी भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संविधान दिवसका अवसरमा विभिन्न महानुभावहरुलाई मानपदवी अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छिन । नेपाल रत्न नेपालको सर्वोच्च मानपदवी हो ।

त्यसैगरी, राष्ट्र गौरवबाट राजनीतिज्ञ स्वर्गीय जीवराज न्यौपाने ‘आश्रित’, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मानित गर्ने घोषणा भएको छ ।

संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँहरुसहित विभिन्न ९९८ जनालाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छिन ।

नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३१ गतेको निर्णय अनुसार राष्ट्रपतिले सो घोषणा गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया