प्रतिनिधि सभाको कार्यकाल आज राति १२ बजेदेखि सकिदैं, अन्तिम बैठक दिउसो १ बजे बस्दै
- अशोज १, २०७९
- 0
आज शनिबार राति १२ बजेपछि प्रतिनिधि सभाको कार्यकाल सकिने भएको छ ।
शुक्रबारको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार संसद्को पाँच वर्षको कार्यकाल शनिबार रातिदेखि सकिन लागेको हो ।
शनिबार मध्यरातदेखि संसद्को ११ औँ अधिवेशन अन्त्य गर्नका लागि सरकारले शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरिसकेको छ ।
आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्नुअघि नै प्रतिनिधि सभाको समयावधि सकिने प्रावधान छ ।
मंसिर ४ गतेका लागि तोकिएको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची आइतबार र सोमबार बुझाउने निर्वाचन आयोगको कार्यतालिका छ ।
संसदको अन्तिम बैठक आज १ बजे बस्दैछ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







