स्थानीय तह निर्वाचनमा खर्च नबुझाउने सवा लाख उम्मेदवारलाई जरिवाना

news-details

निर्वाचन आयोगले २०७९ वैशाख ३० गते सम्पन्न स्थानी तहको निर्वाचनमा उम्मेदवार भई कानुन बमोजिम बुझाउनुपर्ने खर्चको विवरण नबुझाउने उम्मेदवारलाई कम्तिमा डेढलाखदेखि साढे ७ लाखसम्म जरिवाना तिराउने निर्णय गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको आयोगले जनाएको हो ।

आयोगले गरेको निर्णय अनुसार निर्वाचन खर्च नुबझाउने महानगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई ७ लाख ५० हजार रुपैयाका दरले जरिवाना गर्ने निर्णय भएको छ भने महानगरपालिकाका वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका उम्मेदवारलाई ३ लाख रुपैयाका दरले जरिवाना गर्ने निर्णय भएको छ ।

यस्तै उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई ५ लाख ५० हजार रुपैयाका दरले जरिवाना गराइने, उपमहानगरपालिकाका वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका उम्मेदवारलाई २ लाख ५०हजार रुपैयाका दरले जरिवाना गराइने निर्णय भएको आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम शर्माले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया