निलम्बित प्रधानन्यायाधीश जबराले आरोपित गरेका अधिवक्तासँग समितिको छलफल
- भदौ ३०, २०७९
- 0
प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले कतिपय विषयमा आरोपित गरेका वरिष्ठ अधिवक्तासँग छलफल गरेको छ ।
समितिले वरिष्ठ अधिवक्ताहरू पूर्णमान शाक्य‚ हरिहर दाहाल‚ शम्भु थापा‚ चण्डेश्वर श्रेष्ठ‚ रमन श्रेष्ठ‚ अधिवक्ताहरू ओमप्रकाश अर्याल र लिलामणि पौडेलसँग छलफल गरेको समिति सदस्य एवं सांसद डा। शिवमाया तुम्बाहाङ्फेले जानकारी दिइन ।
बैठकमा बोलाइएका सर्वोच्च अदालतका ४ पूर्वप्रधानन्यायाधीशले इन्कार गरेका छन् ।
आरोपित न्यायाधीश पनि बैठकमा आएनन् । सर्वोच्चका सबै न्यायाधीश सम्मिलित फुलकोर्टले समितिमा बयान नदिने निर्णय गरेको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







