कपन–बुढानिलकण्ठ डुवान नियन्त्रणको लागि छुट्टै आयोजना बनाउनुपर्छ : गगन थापा

news-details

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले धोबि खोला कोरिडोरको कपन–बुढानिलकण्ठ डुवान नियन्त्रणको काम सरकारले छुट्टै आयोजना बनाउन माग गरेका छन ।

आईतबार प्रश्तावित धोबिखोला कोरिडोरको कपन–बुढानिलकण्ठ डुवान नियन्त्रण आयोजना सम्बन्धित अन्तरक्रियालाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो माग गरेका हुन । उ

नले धोबि खोला कोरिडोरको कपन–बुढानिलकण्ठ डुवान नियन्त्रण गर्न अहिले विभिन्न खण्ड–खण्डमा स्थानीय नगपालिका, प्रदेश सरकार र प्राधिकरणले समेत काम गरेको भन्दै अब एउटै आयोजनामार्फत काम गर्नुपर्ने बताए ।

थापाले सबै योजनाहरुलाई एउटै आयोजनामार्फत काम गरेर कपन–बुढानिलकण्ठ डुवान नियन्त्रणको काम गर्नुपर्ने बताए । उनले कोरिडोर क्षेत्रमा भएका खण्ड–खण्डका कामहरु सबै अब बन्ने आयोजना अन्तर्गत ल्याउन पनि माग गरे ।

उनले आफू यही क्षेत्रको जनप्रतिनिधि भएकाले कपन खहरेमा बाढी आउन साथ सबैभन्दा धेरै गाली खाने गरेको बताए । थापाले अहिले कोरिडोर क्षेत्रमा २ आना र ५ आना जग्गामा सयौँ घरहरु बनेकाले बनेका घरहरुको समेत संरक्षण गर्नेगरी मास्टर प्लान बनाउन सुझाव दिए ।

महामन्त्री थापाले कोरिडोर क्षेत्रमा बनेका घरहरु वैधानिक रहेको र वर्षैपिच्छे राज्यलाई कर बुझाएकाले खोलालाई पहिलेको अवस्थामा ल्याउने गरी मात्रै नभएर घरहरुकोसमेत संरक्षण कसरी गर्ने भन्ने बारेमा सोच्नुपर्ने बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया