चितुवासँग लडेर पनि बाँचे गुल्मीका कुँवर, चितुवाको भने मृत्यु

news-details

गुल्मीमा चितुवाको आक्रमणमा परी एक जना घाइते भएका छन् । आक्रमणबाट जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर-६, निन्नुचौरका ३० वर्षका यमबहादुर कुँवर घाइते भएका हुन् ।

आज बिहान खोरमा कुखुरा खान पसेको चितुवा धपाउने क्रममा कुँवरलाई चितुवाले आक्रमण गरेको थिययो । चितुवा झम्टन आएपछि कुँवर र चितुवाबीच केहीबेर झडप भएको थियो ।

झडपको क्रममा चितुवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

चितुवाले खोरमा रहेका ठूला कुखुरा ६०/ ७० वटा र साना ५०/६० वटा कुखुरा मारेको प्रहरीले जनाएको छ ।

चितुवाको आक्रमणबाट घाइते भएका कुँवरको गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।

उहाँको अवस्था सामान्य रहेको तर जीउका विभिन्न भागमा चितुवाले चिथोरेर घाउ बनाएको छ । घटना स्थलमा प्रहरी तथा बन कार्यालय गुल्मीको टोली पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया