आज अन्तर्राष्ट्रिय साक्षरता दिवस
- भदौ २३, २०७९
- 0
छपन्नौँ अन्तर्राष्ट्रिय साक्षरता दिवस आज नेपालमा पनि मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले यस वर्षको दिवसका लागि ‘ट्रान्सफर्मिङ लर्निङ स्पेस’ भन्ने आदर्श वाक्य तय गरेको छ ।
दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले सन्देश दिइसकेका छन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शैक्षिक गुणस्तर मापन केन्द्रले विद्यालयको उत्कृष्टता मूल्याङ्कनको मापनसहितको प्रतिवेदन दिवसकै अवसरमा आज सार्वजनिक गर्दैछ ।
युनेस्कोले सन् १९६७ देखि आठ सेप्टेम्बरका दिन विश्वभर यो दिवस मनाउन थालेको हो । नेपालमा यही दिवसका दिन राष्ट्रिय शिक्षा दिवस मनाइएको भए पनि गत तीन वर्षअघि स्थगन भएको राष्ट्रिय शिक्षा दिवसको नयाँ मिति तर्जुमा गर्ने तयारी भइरहेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







