इन्द्रजात्रा विधिवत् रूपमा सुरु, बसन्तपुरमा लिंगो ठड्याइयो

news-details

यो वर्षको इन्द्रजात्रा विधिवत् रूपमा सुरु भएको छ।

हनुमानढोका दरबार परिसरमा इन्द्रध्वजासहितको लिंगो ठड्याइएसँगै यो वर्षको इन्द्रजात्रा सुरु भएको हो।

करिब ३२ हातको लिंगोमा इन्द्रध्वजा राखेर साँस्कृतिक बाजागाजा, ब्याण्डबाजा र पञ्चेबाजा बजाएर आज बिहान शुभ साइतमा लिंगो ठड्याइएको हो।

नेपालभाषामा ‘योसीं’ भनिने लिंगोमा विभिन्न प्रकारका मंगलसूचक चिह्नअंकित पताकाहरू झुन्ड्याइएको हुन्छ। लिंगोको फेदमा हात्ती चढेको इन्द्रको सानो प्रतिमा राखी पूजाअर्चना गरिन्छ।

तत्कालीन राजा सिंहप्रताप शाहले इन्द्रजात्राको अवसरमा लिंगो ठड्याउने परम्परा चलाएका थिए।

हरेक वर्ष राजधानीदेखि पूर्व नाला भन्ज्याङको सल्लेरी वनबाट ल्याइएको लिंगोलाई बाजागाजासाथ तानेर त्यहाँ पुर्‍याउने परम्परा छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया