अभिनेता पल शाह साढे २ वर्ष जेल चलान, पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने

news-details

अभिनेता पल शाहलाई साढे २ वर्षको कैद सजाय सुनाइएको छ।

जिल्ला अदालत नवलपुरले अभिनेता शाहलाई बाल यौन दुरुपयोगको मुद्दामा दोषी ठहर गर्दै साढे २ वर्षको कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाएको हो ।

शाहलाई बलात्कारको मुद्दामा भने सफाइ दिएको छ । गत चैतमा शाहलाई नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेको थियो । उनीमाथि १२ देखि १४ वर्ष कैद सजायको माग गरिएपनि बलात्कार मुद्दामा दोषी नदेखिएपछि सफाई पाएका हुन् ।

यज्ञप्रसाद आचार्यको इजलास अनुसार शाहले पीडित बालिकालाई क्षतिपूर्तिसहित १० लाख रुपैयाँ तिर्नसमेत भनेको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया