आज सहमति हुने गरी सिट बाँडफाँटको संख्या र मापदण्डलाई अन्तिम रुप दिंदै कार्यदल
- भदौ २१, २०७९
- 0
सत्ता गठबन्धनबीच सिट बाँडफाँटको टुङ्गो आज लाग्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकले सिट बाँडफाँटको टुँगो आज लगाउने निश्कर्ष निकालेको हो ।
प्रतिनिधिसभा र प्रदेशसभा दुबैतर्फ सिट बाँडफाँटको एकै पटक टुङ्गो लगाउने गरी कार्यदलले खाका बनाएको छ । गठवन्धनबीच सिट बाटफाँटको खाकालाई अन्तिम रुप दिने भनिएको कार्यदलको बैठकमा गठबन्धनका शीर्ष नेताहरुको समेत उपस्थित रहेको थियो ।
सत्ता गठबन्धन दलहरूबीच सिट बाँडफाँटको विषयमा आज टुङ्गो लगाउने र बाँडफाँटको मोडालिटी सहमति नजिक पुगेको नेताहरुले बताएका छन ।
गठबन्धन दलहरु सिट बाँडफाँटको कसरतमा जुटिरहँदा गठबन्धन भित्रका दलका साथै अन्य दलहरुले आ-आफ्ना उम्मेदवारहरु निर्वाचन क्षेत्रबाट सिफारिस गरिरहेका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







