भारतीय सेना प्रमुख पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान

news-details

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाका प्रमुख मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गरेकी छन् ।

चारदिने भ्रमणमा आइतबार नेपाल आएका भारतीय सेनाका प्रमुख पाण्डेलाई राष्ट्रपति भण्डारीले सोमबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रममा नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गरेकी हुन्।

नेपाल र भारतबीच एक-अर्काका सेना प्रमुखलाई मानार्थ महारथीको पदवी दिने प्रचलन छ। केही महिनाअघि भारतीय सेना प्रमुख नियुक्त भएका पाण्डे हाल नेपाल भ्रमणमा आएका छन्।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया