कक्षा १२ को नतिजा सार्वजनिक

news-details

कक्षा १२ को नतिजा शुक्रबार अपराह्नमा सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका प्रशासन महाशाखा प्रमुख जङ्गबहादुर अर्यालले कक्षा १२ को नजिता सार्वजनिक भएको जानकारी दिए ।

परीक्षाफल ग्रेडिङ पद्धती अनुसार प्रकाशन गरिएको हो। बोर्डका अनुसार ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते सञ्चालन गरिनेछ।

परीक्षामा ४ हजार १७९ परीक्षार्थीले ३ दशमलव ६१ देखि ४ जिपिए ल्याएका छन् भने ३ दशमलव २१ देखि ३ दशमलव ६० जिपिए ल्याउने विद्यार्थी ३० हजार १०७ रहेका छन्।

ननग्रेडेड परीक्षार्थीको संख्या भने १ लाख ८८ हजार ४१० रहेको छ। २ विषयमा ननग्रेडिङ (एनजी) आउने परीक्षार्थीले असोजको अन्तिममा हुने परीक्षामा सहभागी हुन पाउनेछन्।

प्रमुख अर्यालका अनुसार नियमिततर्फ तीन लाख ६३ हजार आठ जना, ग्रेड वृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ तीन हजार १३२ जना परीक्षार्थी सहभागी भएका थिए ।

त्यस्तै, ४३ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ । नियमिततर्फ ३८ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ भने ग्रेड वृद्धितर्फ तीन र आंशिकतर्फ दुई जनाको परीक्षा रद्द भएको जानकारी उनले दिए ।

परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

नतिजा लेन्डलाइन र मोबाइल बाट १६०१ डायल गरी निर्देशन अनुसार सम्बोल नम्बर थिचेर वा एसएमएसबाट NEB टाइप गरी १६०१ मा पठाएर प्राप्त गर्न सकिन्छ भने https://neb.ntc.net.np/ बाट पनि नतिजा हेर्न सकिन्छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया