दोस्रो दिन पनि निलम्बित प्रधानन्यायाधीश जबरामाथिको बयान जारी
- भदौ १६, २०७९
- 0
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँगको दोस्रो दिनको बयान पनि सुरु भएको छ ।
बिहान ११ बजेदेखि सिंहदरवारस्थित कानून समितिको हलमा जबरासँगको बयान सुरु भएको महाअभियोग सिफारिस समितिका सदस्य एमाले सांसद डा। शिवमाया तुम्बाहाङ्फेले जानकारी दिइन । ‘तोकिएको समयमै उनीमाथि बयान सुरु भएको छ,’ उनले भनिन ।
समितिले बुधबार झण्डै चार घण्टासम्म बयान लिएको थियो ।
समितिका अर्का सदस्य प्रमोद साहका अनुसार जबराले दिएका जवाफमा कतिपय व्यक्तिहरुको नाम जोडिएकाले उनीहरुसँग पनि बयान लिन सकिने बताएका छन ।
निलम्बित प्रधानन्यायाधीश राणाका लागि बयान लिन समितिले ४३ वटा प्रश्न तयार तयार गरेको छ । बुधबार चार वटा प्रश्नमाथि मात्र छलफल भएको थियो ।
राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







