त्रिभुवन विश्वविद्यालयको समस्या समाधान गर्न सभामुख सापकोटाको रुलिङ
- भदौ १३, २०७९
- 0
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएको तालाबन्दीलगायतका विरोध कार्यक्रम शीघ्र समाधान गर्न रुलिङ गरेका छन ।
सोमबारको प्रतिनिधिसभा बैठकको सुरुमै नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवालीले त्रिविमा केही समय यता तालाबन्दीलगायतका समस्या कायम रहेको जानकारी गराएका थिए ।
उनले त्रिविमा गुण्डागर्दी, अराजकता बढेको र पठनपाठन अवरुद्ध भएको भन्दै सदनको ध्यानाकर्षण गराएका हुन ।
सांसद ज्ञवालीले त्रिविकोसमस्या समाधानका लागि रुलिङ नभएसम्म संसद्को बैठक सञ्चालन हुन नसक्ने अडान राखेका थिए ।
त्यस लगत्तै सभामुख सापकोटाले त्रिविमा भएका तालाबन्दीलगायत विरोधका कार्यक्रमले शैक्षिक एवम् पठनपाठन प्रभावित भएको भन्ने विषयमा सभाको गम्भीर ध्यानाकर्षण भएको भन्दै त्रिविको समस्या शीघ्र समाधान गर्न सरकारलाई निर्देशन दिएका हुन ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







