डेगुंका बिरामीहरुका लागि रक्तदान कार्यक्रम गर्न रक्तदाता समाजको अनुरोध
- भदौ ९, २०७९
- 0
काठमाडौ/ काठमाडौका बिभिन्न हस्पिटलहरुमा डेगुंका बिरामीहरुको संख्या बढ्न पुग्दा रगतको अभावमा बिरामीको उपचारमा समस्या भएपछि सम्बन्धित सबैलाई रक्तदान कार्यक्रम आयोजना गर्न नेपाल स्वयम्सेवी रक्तदाता समाजले अनुरोध गरेको छ । साधारणतयाः लामखुट्टेको टोकाईबाट लाग्ने यो रोग दिनानुदिन बढ्न थालेपछि काठमाडौंका हस्पिटलहरुमा रगत अभाव बढेको हो । यसको नियन्त्रणका लागि घर वरपर सरसफाई गर्न, सुत्ने बेलामा झुलको प्रयोग गर्न र झ्यालहरुमा जालीको प्रयोग गर्न नेपाल स्वयम्सेवी रक्तदाता समुहले सबैलाई आग्रह गरेको छ ।
विगत १७ वर्षदेखि रक्तदानको क्षेत्रमा उत्कृष्ट काम गर्दै आएका नेपाल स्वयंमसेवी रक्तदाता समाज र लायन्स क्लव अफ काठमाण्डौ रक्तदाता समुहका अध्यक्ष केदारप्रसाद न्यौपानेले आफूले थुप्रै पटक रक्तदान कार्यक्रम गर्दै आएको र त्यसले मात्र पर्याप्त नहुने भएकाले अन्य संघसंस्था तथा सामाजिक संस्थालाई पनि रक्तदान कार्यक्रम आयोजना गरेर रगत अभाव हुन नदिन आग्रह गरे । साथै उनले आम समूदायलाई रक्तदान गरेर सहयोग गरिदिन पनि आब्हान गरेका छन ।











