देशभर थप ६५८ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

news-details

पछिल्लो २४ घण्टामा देशभर ६५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ३८१ पीसीआर परीक्षणमा ४०५ जना र तीन हजार २६२ एन्टिजेन परीक्षणमा २५३ जना गरी ६५८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर चार हजार २९६ जना सक्रिय संक्रमित रहेका छन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया