देशभर थप २९९ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

news-details

पछिल्लो २४ घण्टामा देशभर २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार जार ३३७ परीक्षणमा २९९ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार ६७० पीसीआर परीक्षणमा १८० जना र दुई हजार ६६७ एन्टिजेन परीक्षणमा ११९ जना संक्रमित फेला परेको मन्त्रालयको भनाई छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५७७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या चार हजार ६२५ रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया