निर्वाचन घोषणासँगै प्रतिनिधि र प्रदेशसभाको पदावधि सकिनुपर्ने मागसहित सर्वोच्चमा पर्‍यो मुद्दा

news-details

निर्वाचन घोषणासँगै प्रतिनिधि र प्रदेशसभाको कार्यकाल सकिनुपर्ने मागसहित सर्वोच्च अदालतमा मुद्दा परेको छ ।

अधिवक्ता मनिराम उपाध्याय लगायतले निर्वाचनको मिति घोषणापछि प्रतिनिधि र प्रदेशसभा दुवैको कार्यकाल सकिनुपर्ने माग गरी मुद्दा दायर गरेका हुन् ।

रिट निवेदनमा निर्वाचनको घोषणापछि प्रतिनिधिसभाको कार्यकाल सकिने भएकाले त्यसयता गरेका सबै निर्णय र कामकारवाहीहरु बदर हुनुपर्ने माग छ ।

उनीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सभामुख अग्निप्रसाद सापकोटा, प्रतिनिधिसभा, सातवटै प्रदेश सभालाई विपक्षी बनाएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया